शीर्षक -म त्यही हुँ म त्यही हुँ,जो तिमी सम्झन्छौ, पानी सम्झ मलाई,म तरल हुँ । हिउँ सम्झ मलाई,म बरफ हुँ, उष्ण मरभूमीको बिषालु सिउँडी हुँ म, म त्यही हुँ,जो तिमी सम्झन्छौ । आँखाबाट बग्ने आँसु सम्झ,म आँसु हुँ, ओठका परेलीबाट निस्किने मुस्कान सम्झ, मलाई मुस्कान सम्झ,म मुस्कान हुँ हिउँदको सुख्खा खहरे बुझ,या बर्षाको भेल, म त्यही हुँ,जे तिमी बुझ्छौ । चाहे समुन्द्रको छाल सम्झ मलाई, या त शान्त सुसेली, या अनन्त नभेटिने क्षितिज, मलाई पलास सम्झ वा गुनकेशरी, म त्यही हुँ,जो तिमी सोच्दछौ । अतीबृष्टीको भेल सम्झ मलाई,म भेल हुँ, मृत्यु निकट बोटको प्राण सम्झ,म प्राण हुँ, च्वास्स बिझ्ने कष्टक बुझ वा शुकोमल फूल,म त्यही हुँ जे तिमी बुझ्छौ,जो तिमी सोच्छौ। सम्हालेर राख मनमन्दिरमा,म देवता हुँ, निचोडेर फाल,म पतिङ्गर हुँ, मलाई जे सम्झ म त्यही हुँ, मलाई जे मान म त्यही हुँ । बिषालु काँचको टुक्रा सम्झ,म त्यही हुन्छु, आफूलाई फर्केर हेर,म तिम्रै प्रतिबिम्व हुँ, मलाई सिसाको बिझ्ने टुक्रा सम्झ या ऎना , आखिर म तिम्रै प्रतिविम्ब हुन्छ, मलाई जे सम्झन्छौ सम्झ,म तिम्रै सम्झना हुन्छ । मलाई जे सम्झन...