Posts

गजल

Image
  कल्पनालाई अँगालेछु सम्झनाले तानी देउन, सपना संगै निदाएछु,अञ्जुलीले पानी देउन । चन्द्रमा र चाँदनीलाई टोलाउँदा रातै भरी, जुन संगै  हराएछु, जुनेलीले मानी देउन । आशा अनि सफलताको चुली चुम्न नपाउँदा, प्रकृतिको अँगालोमा  बेदनाले बानी देउन । भावनाको गहिराईलाई सामनाले छोपिदिंदा, तारा हेरी टोलाएको, साहराले  जानी देउन । सम्झनालाई बिर्साईदिने सृजनाका हातहरु, कविता की  सृष्टि मेरो रचनाले छानी देउन ।                       युवराज अर्याल आत्रेय
Image
उनको   अनि   मेरो   देशै   अर्को   थियो ,  उनले   बोल्ने   भाषा ,  भेषै   अर्कै   थियो   । पिर   अनि   व्यथाहरु   उस्ताउस्तै   थिए ,  घाउ   एकै   भएनी   ठेसै    अर्को   थियो   । शब्द   उस्तै   लाग्ने     लवाज   थियो   भिन्न ,  मन   मिलेनी   जिन्दगीको   मेसै   अर्को   थियो   । जंघे   पिलर   हृदयले   कहाँ   छुट्याउँछ   र ?  सिमारेखा  भूगोलको   त्यसै   अर्को   थियो   । दूरी   नजिक   टाढाको   गिन्ती   किन   हुन्छ ,  मन     गणित     सरल ,  बेसै   अर्को     थियो   ।                                            युवराज   अर्याल  
Image
      मणी   हरेको   नाग   भएछु ,    सुरबिनाको   राग   भएछु   । तिमिबिनाको   एक्लोपनले ,  कुहिरोको     काग      भएछु   ।      शब्द   सिंचाई   बिना   तिम्रो ,  उजाडिएको   बाग   भएछु   । तिम्रो   मनमा   अल्झिएको ,  त्यो   नमेटिने     दाग     भएछु  ,    सिमिततामा   अपूर्ण   तिमी ,  असम्भव   त्यो   माग   भएछु   ।                                                                           युवराज   अर्याल
Image
           मेरो   म   फर्काइदेन   ए   जिन्दगी   मलाई   मेरो   म   फर्काईदेन  ,    कहाँ   लगिस्   मेरो   म   लाई ,  कहाँ   लुकाईस्  ?  दिनरात   खोजिरहेछु   चारैतिर ,  खै   मेरो   म ? ?  किन   अपहरण   गरिस्   मेरो   म   लाई  ?  ए   जिन्दगी   मलाई   मेरो   म   फर्काईदेन  !  तैंले लुटेको मेरो म मलाई फिर्ता देन । आफैं   लुकाईस्   अनि   आफैं   फिरौती   बुझाउँदैछस्  ?  खै   कहाँ   छ   मेरो   म ?    एकचोटी   भनिदेन  ,  तँलाई   मेरो   म   को   कसम   एकचोटी   केवल   एकचोटी   मलाई   मेरो   म   देखाइदेन  ,  ए   जिन्दगी   मलाई   मेरो   म   फर्काईदेन   । हिजो   पनि   खोजें ,    आज   ...
Image
एकान्तमा तिम्रो नाम जप्ने बनायौ, गेरु बस्त्र धारण गरि तप्ने बनायौ । चैत मास खडेडी,आँधीहुरी पनि, थाहै नपाई एकाएक खप्ने बनायौ । भूलिदीन खोज्छु आफूलाई आफैं , आफ्नै मन सम्झनीले कप्ने बनायौ । मनको कैदभित्र,आफैं कैदी बनी, स्मृतिका कष्टक पुष्प थप्ने बनायौ । हराएछु कताकता अन्तर्मन भरी, आफैंलाई छाडी अन्तै टप्ने बनायौ ।                                 युवराज अर्याल
Image
कविता एकल   यात्री   पर्खाई   तिम्रो   हुन्छ , अनि   अन्त्यमा   एक्लो   हुन्छु   म , तिम्रा   गोरेटोहरुमा   चौबाटाहरु   धेरै   रहेछन्     त्यो   गल्ली   मेरो   हैन   अब , म   अटाउन्न   त्यहाँ  , त्यो   अर्कैको   बासस्थान   हो , भो   म   अटाउँदिन   त्यहाँ   । यो   एक   बाटोनै   घुमिरहेछ   मलाई ,  तिम्रा   सडकहरु   के   सक्थे   र   म   हिड्न   । फराकिलो   भएर   के   गर्नु   र ?  खुट्टा   नअटाउने   खुड्किलाहरु   । खुट्टा   समाउछौ   अनि   हिँड्   भन्छौ , म   कोशिस   गरिरहेछु   असम्भव   हिँडाइहरु   । उभिन्छु   अनि   लड्छु , मलाई   धुलोको   चुम्बन   प्यरो   लाग्छ   आजकल   । रित्ता   हुन्छन्   तिम्रा   बाहुहरु   तर   मलाई   उठाउनन्   । गन्त...
Image
शीर्षक -म त्यही हुँ  म त्यही हुँ,जो तिमी सम्झन्छौ, पानी सम्झ मलाई,म तरल हुँ । हिउँ सम्झ मलाई,म बरफ हुँ, उष्ण मरभूमीको बिषालु सिउँडी हुँ म, म त्यही हुँ,जो तिमी सम्झन्छौ । आँखाबाट बग्ने आँसु सम्झ,म आँसु हुँ, ओठका परेलीबाट निस्किने मुस्कान सम्झ, मलाई मुस्कान सम्झ,म मुस्कान हुँ हिउँदको सुख्खा खहरे बुझ,या बर्षाको भेल,   म त्यही हुँ,जे तिमी बुझ्छौ । चाहे समुन्द्रको छाल सम्झ मलाई, या त शान्त सुसेली, या अनन्त नभेटिने क्षितिज, मलाई पलास सम्झ वा गुनकेशरी, म त्यही हुँ,जो तिमी सोच्दछौ । अतीबृष्टीको भेल सम्झ मलाई,म भेल हुँ, मृत्यु निकट बोटको प्राण सम्झ,म प्राण हुँ, च्वास्स बिझ्ने कष्टक बुझ वा  शुकोमल फूल,म त्यही हुँ  जे तिमी बुझ्छौ,जो तिमी सोच्छौ। सम्हालेर राख मनमन्दिरमा,म देवता हुँ, निचोडेर फाल,म पतिङ्गर हुँ,  मलाई जे सम्झ म त्यही हुँ, मलाई जे मान म त्यही हुँ । बिषालु काँचको टुक्रा सम्झ,म त्यही हुन्छु, आफूलाई फर्केर हेर,म तिम्रै प्रतिबिम्व हुँ, मलाई सिसाको बिझ्ने टुक्रा सम्झ या ऎना , आखिर म तिम्रै प्रतिविम्ब हुन्छ, मलाई जे सम्झन्छौ सम्झ,म तिम्रै सम्झना हुन्छ । मलाई जे सम्झन...
Image
उनी    सँग    एकदिन    पर्यो     झगडा  ,                                म   पनि   के   कम   थिएं   र , थिएं   तगडा   । उनले   पनि    बोल्न    छाडिन् ,  मनै   छाडिदिएं  ,  आफ्नो   आफ्नो   आक्रोश   भित्र   थिए   जगेडा।                            आपसका   कमजोरीलाई   छताछुल्ल   पार्दै ,   वरपीपल     चौतारीमा     बन्थ्यो     अखडा   ।      कहिले   चल्थ्यो   मौनयुद्ध , कहिले   शब्दको ,    फेरी      मिल्ने     बहानाले     हुन्थ्यो     रगडा   ।     सबै   कुरा   बुझाबुझ   भै ,  सहमती   हुन्थ्यो ,    त्यसैले ...