उनी सँग एकदिन पर्यो झगडा , म पनि के कम थिएं र,थिएं तगडा ।
उनले पनि बोल्न छाडिन्, मनै छाडिदिएं ,
आफ्नो आफ्नो आक्रोश भित्र थिए जगेडा।
आपसका कमजोरीलाई छताछुल्ल पार्दै,
वरपीपल चौतारीमा बन्थ्यो अखडा ।
कहिले चल्थ्यो मौनयुद्ध,कहिले शब्दको,
फेरी मिल्ने बहानाले हुन्थ्यो रगडा ।
सबै कुरा बुझाबुझ भै, सहमती हुन्थ्यो,
त्यसैले त यो सम्बन्धको चल्दैछ गाडा ।
युवराज अर्याल
Comments
Post a Comment