यता तान्यो अर्को पट्टि, छुट्छ जिन्दगी,
सम्हालिन खोज्छ फेरि ,टुट्छ जिन्दगी ।

रुवाउँछ आफैं अनि  आफैं फकाउँछ,
माया गर्छु भन्दै आफै कुट्छ जिन्दगी ।

च्यातिएर जान्छन् ,भाग्यका ती पानाहरु,
टाल्न खोज्यो अर्कोतिर फुट्छ जिन्दगी ।

भत्किएका मनहरु,त्यही मनले हो टाल्ने,
भत्काउन  आफै अघि, जुट्छ जिन्दगी ।

अनेक ती भार बोकी, हिड्दै अफ्ठेरोमा ,
सपनाको चाङ देखाई, लुट्छ जिन्दगी ।

                   युवराज अर्याल

Comments

Popular posts from this blog