उनको अनि मेरो देशै अर्को थियो,
उनले बोल्ने भाषा, भेषै अर्कै थियो ।
पिर अनि व्यथाहरु उस्ताउस्तै थिए,
घाउ एकै भएनी ठेसै अर्को थियो ।
शब्द उस्तै लाग्ने लवाज थियो भिन्न,
मन मिलेनी जिन्दगीको मेसै अर्को थियो ।
जंघे पिलर हृदयले कहाँ छुट्याउँछ र?
सिमारेखा भूगोलको त्यसै अर्को थियो ।
दूरी नजिक टाढाको गिन्ती किन हुन्छ,
मन गणित सरल, बेसै अर्को थियो ।
युवराज अर्याल

Comments
Post a Comment