तिम्री दिदी भए तिम्लाई साली भन्न पाइन्थ्यो,
कहिलेकहीँ जिस्काएर काली भन्न पाइन्थ्यो ।
मेरो मनको फुलबारीमा फुल फुलाईदिने ,
आफ्नै मन बगैंचाकी माली भन्न पाइन्थ्यो ।
बाहिर गाली बर्षे पनि मनले माया गर्ने,
त्यही मायालाई कहिले, गाली भन्न पाइन्थ्यो ।
सप्तरंगी फुलहरु फुलिदिन्छन् रहरको ,
आफू बोट,तिम्लाई मेरी डाली भन्न पाइन्थ्यो ।
टाढा हुँदा सँधै, बेरीरहन्छ्यौ कल्पनामा,
मनभित्रको नचुडिने जाली भन्न पाइन्थ्यो ।

Comments
Post a Comment