एकान्तमा तिम्रो नाम जप्ने बनायौ,
गेरु बस्त्र धारण गरि तप्ने बनायौ ।
चैत मास खडेडी,आँधीहुरी पनि,
थाहै नपाई एकाएक खप्ने बनायौ ।
भूलिदीन खोज्छु आफूलाई आफैं ,
आफ्नै मन सम्झनीले कप्ने बनायौ ।
मनको कैदभित्र,आफैं कैदी बनी,
स्मृतिका कष्टक पुष्प थप्ने बनायौ ।
हराएछु कताकता अन्तर्मन भरी,
आफैंलाई छाडी अन्तै टप्ने बनायौ ।
युवराज अर्याल

Comments
Post a Comment