कविता

एकल यात्री 


पर्खाई तिम्रो हुन्छ,अनि अन्त्यमा एक्लो हुन्छु ,

तिम्रा गोरेटोहरुमा चौबाटाहरु धेरै रहेछन् 

 त्यो गल्ली मेरो हैन अब, अटाउन्न त्यहाँ ,

त्यो अर्कैको बासस्थान हो,भो  अटाउँदिन त्यहाँ 


यो एक बाटोनै घुमिरहेछ मलाई

तिम्रा सडकहरु के सक्थे   हिड्न 

फराकिलो भएर के गर्नु 

खुट्टा नअटाउने खुड्किलाहरु 

खुट्टा समाउछौ अनि हिँड् भन्छौ,

 कोशिस गरिरहेछु असम्भव हिँडाइहरु 


उभिन्छु अनि लड्छु,मलाई धुलोको 

चुम्बन प्यरो लाग्छ आजकल 

रित्ता हुन्छन् तिम्रा बाहुहरु तर मलाई उठाउनन् 

गन्तव्यबिहिन भुमरीमा घुमिरहेछु,

यही मेरो आफ्नो बन्छ आजकल।

हावाको बेगमा रुमलिएर अलप भूमरीको एक कण  


तिम्रो साथ भन्दा तिम्रो कल्पना प्रीय  मलाई,

आशा भन्दा निराशा नजिक  मलाई,

अनि तिमी भन्दा,त्यही नजिक बन्दछन् सँधै,

आखिर पर्खाईको एकल यात्री  


चौतारीले गिज्याउँछ मलाई आजकल,

एक्लो थियो सुनसान चौतारी,

अहिले उसको सखी छु ,

उसको भाषा बुझ्दछु  आजकल  उसले मेरो,

सायद तिम्रा गल्ली  मोडहरुले मेरो ठेगाना भुलीसकेछ 


 एकल  यात्री तिम्रो पर्खाइको 

तिम्रो गोरेटोमा नयाँ बाटो जोडिएको  रे,

मेरो  गन्तब्य मेटिदैछ ,

एकल यात्री ,तिम्रो पर्खाइको 


युवराज अर्याल,श्रीअन्तु,इलाम

Comments

Popular posts from this blog