गजल
कल्पनालाई अँगालेछु सम्झनाले तानी देउन,
सपना संगै निदाएछु,अञ्जुलीले पानी देउन ।
चन्द्रमा र चाँदनीलाई टोलाउँदा रातै भरी,
जुन संगै हराएछु, जुनेलीले मानी देउन ।
आशा अनि सफलताको चुली चुम्न नपाउँदा,
प्रकृतिको अँगालोमा बेदनाले बानी देउन ।
भावनाको गहिराईलाई सामनाले छोपिदिंदा,
तारा हेरी टोलाएको, साहराले जानी देउन ।
सम्झनालाई बिर्साईदिने सृजनाका हातहरु,
कविता की सृष्टि मेरो रचनाले छानी देउन ।
युवराज अर्याल आत्रेय

Comments
Post a Comment