मणी हरेको नाग भएछु,
सुरबिनाको राग भएछु ।
तिमिबिनाको एक्लोपनले,
कुहिरोको काग भएछु ।
शब्द सिंचाई बिना तिम्रो,
उजाडिएको बाग भएछु ।
तिम्रो मनमा अल्झिएको,
त्यो नमेटिने दाग भएछु ,
सिमिततामा अपूर्ण तिमी,
असम्भव त्यो माग भएछु ।
युवराज अर्याल
मणी हरेको नाग भएछु,
सुरबिनाको राग भएछु ।
तिमिबिनाको एक्लोपनले,
कुहिरोको काग भएछु ।
शब्द सिंचाई बिना तिम्रो,
उजाडिएको बाग भएछु ।
तिम्रो मनमा अल्झिएको,
त्यो नमेटिने दाग भएछु ,
सिमिततामा अपूर्ण तिमी,
असम्भव त्यो माग भएछु ।
युवराज अर्याल
Comments
Post a Comment