ऐना

 ऐना 


 पनि त्यस्तै  चुप लागेर बसेको भए हुन्थ्यो। एकछिन यो मुखलाई सम्हालेको भए पक्कै यस्तो हुनेथिएन  होला। नचिनेको मान्छेलाई के   भनिहाल्नु नहुने हो  त्यही पनि  नारीलाई  

आज साह्रै नमजाले चिप्लिए नि  हुन  यो आँखाले राम्रो कुरा मात्र  हेर्न  देख्न पाए हुन्थ्यो जस्तोगर्छआफुलाई रोक्छुतर यो आँखा रोकिन्न   यदि यसको ब्रेक भएको भए यसो थिचिदिने थिए योमुख पनि कति चेपारे जिब्रोले हो यसलाई पुल्पुल्याएको  यो पनि कहाँ कम को   मिठो मिठोमात्र खोज्छ ।।अनि  यो आँखा पनि  उस्तैकति छिटो मिल्न सकेको त्यो मुखसँग  आफु -आफु चाँहीसँगै बस्न नसक्नेएक अर्काले  एक अर्कालाई हेर्न पनि  नसक्ने तर मुखसँग  मिल्न भने अघिनै  योजिब्रो  रबर जस्तोकहिले कता कहिले कता तन्किन्छ , एकै डेगमा बस्न नसक्ने  यसो हिंड्दा हिड्दैचिप्लिए भनेर माफी मागी ठिक्क पारीहाल्छ अनि यो आँखा  मुखलाई खाल्डोमा पार्छ 


एउटा सानो कुरा  हुनत ठुलो कुरा सानै बाट सुरु हुन्छ भन्छन्  सानो कुराको निहुमा यो पुरै  अनुहारलाई दोष बोलेको  जिब्रोले हो नि  यसैलाई गाली गरेको भए पनि  हुन्थ्यो किन योअनुहारलाई बोरु यो टोड्के मुखलाई गर्नुकि  यो बल्ड्याङ्रे आँखालाई 

अचम्म लाग्छ !  आफ्नै एउटा सानो अंगले यो कहिलै नछोपी हिड्ने भागलाई छोपेर  हिंड्नुपर्ने बनायो अब यसलाई पनि छोपेर हिंड्नु परे के चाँही खोलेर हिंड्नु ?  पहिला छोपेकाहरु खोलेर हिँड्न नमिल्लाकि ! 

हो , तिमिले ठिकै भन्यौ  मेरो बानी तिमिलाई के थाहा त्यसैले  आफ्नो अनुहार  ऐनामा हेर  भन्यौ मैले हेर्थें , हेरेको छु  अझै हेर्छु पनि          


यो ऐना पनि अचम्मको  आफैलाई  आफैं देखाईदिन्छ  त्यसमा लोप्पा पार्यो आफैँ लोप्पा खाइन्छ नमस्कार गर्यो आफैँलाई नमस्कार गरिन्छ  हो  हेर्छु।  सानो छँदा आफुलाई आफैले देख्ने भाँडोदेखेर छक्क पर्थे  अनि डाहा गर्थे  जस्तो अर्को  पो  त्यो भाँडो भित्र पनि त्यसले  मेरो भागकोमिठा मिठा कुराहरु मैले झैँ खाईरहेको   कसले दियो त्यस्लाई त्यो भाँडो भित्रको  जस्तोत्यस्लाई हिर्काउन हात उझ्याउँछु , त्यसले पनि पो मलाई हात उझ्याउँछ   कता कता जान्थे तर त्योभित्रको  कहिले कतै जाँदैन थियो। जति बेला हेरे पनि त्यही हुन्थ्यो। लुगा पनि मेरैअनुहार पनि मेरैमात्र त्यो भित्र  बाहिर।अनि हेरेर रिसाउँथे त्यसलाई खेदाउने जुक्ती सोच्थे अनि  लौरा ल्याएरकुट्थे। ला !  यो भाँडो  फुट्यो  !  त्यसलाई कुट्दा आफु पनि कुटिएभाँडो  फुटाएको कारण  


अहो ! कत्ति टुक्रा एउटा खेदाउनलाई कुटेको झन् कत्ति हो कत्ति वटा पो भएछ त्यो ऐनाको   छक्क परे      यस्तै रहेछयसलाई कुट्न नहुने रहेछगल्ती गरेछु  अब यसलाई माया बनाउँछु।अब यसलाई आफ्नो साथी बनाए। मेरो समय ब्यतित गर्ने साधन  बनाए अनि आफुले आफैंलाई हेरेरमख्ख परें 


मैले हेरेको छु। बिहानै उठेर पनि हेर्छु।मुख धुँदा पनि त्यसैलाई हेर्छुअनि नुहाउँदा पनि हुन  मेरो हेर्ने नैके   त्यो बाहेक  धन्न सौचालयमा चाँही राखेको छैन  खाना खाएर पनि त्यसलाई नै हेर्छु कतैहिंड्ने बेला  झन् फर्की फर्की ,  फर्काई फर्काई हेर्छु , मेरो प्यारो अनि मलाई  देखाउने मेरो सारथी ऐना    


तिमीभन्दा धेरै ठुलो  मेरो ऐना  तिम्रोभन्दा पनि झन् ठुलो मेरो  ऐनामा सबै अटाउँछन् , तिम्रोमाजस्तो तिम्रो अनुहार मात्र हैन  मेरो ऐनामा लाखौँ -लाख अनुहारहरु अटाउँछन् मेरो ऐनाले तिम्रोऐनाले जस्तो एकै बस्तुलाई थरी - थरी देखाउँदैन  तिम्रो ऐनाले  हिरालाई पनि फलाम देखाउँदो हो , जिरालाई पनि मेथि  तिमिलाई पनि रहर भए आउमेरो ऐनामा पसेर हेरछेउमा बसेर हेर तिमिलेआफुलाई  देखेकोभन्दा बेग्लै देख्नेछौ। अनि फर्की - फर्की हेर घुमाई - घुमाई हेरघुमी - घुमी हेर आफुले नदेखेका आफ्नै कुराहरु पनि हेर  मेरो ऐनामा त्यो पनि देखिनेछ अनि छक्क पर्नेछौ आफुलेआफैंलाई नचिनेर 


मलाई तिम्रो ऐन एकचोटी हेर्न मन लाग्यो त्यो ऐनालाई मेरो ऐनाले छेक्न मनलाग्यो। कतै बाग्मतीमागंगाजल पो आउने हो कि ? अँह आउँदैनबिल्कुल आउँदैन बरु गंगाजल नै धमिलिन्छ गंगाजल पनिबागमती बन्छ होला सायद  भो राख तिम्रो त्यो चर्किएको ऐना   मेरै आफ्नो टुक्रामा हेर्छु  तिम्रोऐनामा  आफुले आफैँलाई नचिनिन सक्छु सायद। तिम्रो सुनौलो फ्रेममा राखेको ऐनाले भन्दा मेरोथोत्रो ऐनाले बास्तविक  प्रतिविम्व दिन्छ  तिम्रो ऐना   मोटरमानै राख्न मिल्ने रहेछ  भित्तामा नै कसैको कतै नभएको  जस्तो तिम्रो ऐना आफुले मात्र कत्तिन सँधै हेरे जस्तो। आउ बोरु मेरो ऐना हेरअनि आफुले आफैंलाई चिन्नेछौआफु को रहेछौ भनेर  


               युवराज अर्याल 

Comments

  1. मर्म स्पर्शी निवन्ध दादा।

    ReplyDelete
  2. Time milayera padxu bro... starter swadilo xa ... good luck and best wishes bro...

    ReplyDelete

Post a Comment

Popular posts from this blog