ऐना
म पनि त्यस्तै । चुप लागेर बसेको भए हुन्थ्यो। एकछिन यो मुखलाई सम्हालेको भए पक्कै यस्तो हुनेथिएन होला। नचिनेको मान्छेलाई के छ भनिहाल्नु नहुने हो । त्यही पनि नारीलाई ।
आज साह्रै नमजाले चिप्लिए नि । हुन त यो आँखाले राम्रो कुरा मात्र हेर्न र देख्न पाए हुन्थ्यो जस्तोगर्छ, आफुलाई रोक्छु, तर यो आँखा रोकिन्न । यदि यसको ब्रेक भएको भए यसो थिचिदिने थिए ।योमुख पनि कति चेपारे, जिब्रोले हो यसलाई पुल्पुल्याएको । यो पनि कहाँ कम को छ र! मिठो मिठोमात्र खोज्छ ।।अनि यो आँखा पनि उस्तै, कति छिटो मिल्न सकेको त्यो मुखसँग । आफु -आफु चाँहीसँगै बस्न नसक्ने, एक अर्काले एक अर्कालाई हेर्न पनि नसक्ने तर मुखसँग मिल्न भने अघिनै ।योजिब्रो त रबर जस्तो, कहिले कता कहिले कता तन्किन्छ , एकै डेगमा बस्न नसक्ने । यसो हिंड्दा हिड्दैचिप्लिए भनेर माफी मागी ठिक्क पारीहाल्छ अनि यो आँखा र मुखलाई खाल्डोमा पार्छ ।
एउटा सानो कुरा । हुनत ठुलो कुरा सानै बाट सुरु हुन्छ भन्छन् । सानो कुराको निहुमा यो पुरै अनुहारलाई दोष ।बोलेको त जिब्रोले हो नि । यसैलाई गाली गरेको भए पनि त हुन्थ्यो ।किन योअनुहारलाई? बोरु यो टोड्के मुखलाई गर्नु, कि त यो बल्ड्याङ्रे आँखालाई ।
अचम्म लाग्छ ! आफ्नै एउटा सानो अंगले यो कहिलै नछोपी हिड्ने भागलाई छोपेर हिंड्नुपर्ने बनायो ।अब यसलाई पनि छोपेर हिंड्नु परे के चाँही खोलेर हिंड्नु ? पहिला छोपेकाहरु खोलेर हिँड्न नमिल्लाकि !
हो , तिमिले ठिकै भन्यौ । मेरो बानी तिमिलाई के थाहा त्यसैले त आफ्नो अनुहार ऐनामा हेर ल भन्यौ ।मैले हेर्थें , हेरेको छु र अझै हेर्छु पनि ।
यो ऐना पनि अचम्मको । आफैलाई आफैं देखाईदिन्छ । त्यसमा लोप्पा पार्यो आफैँ लोप्पा खाइन्छ ।नमस्कार गर्यो आफैँलाई नमस्कार गरिन्छ । हो म हेर्छु। म सानो छँदा आफुलाई आफैले देख्ने भाँडोदेखेर छक्क पर्थे । अनि डाहा गर्थे, म जस्तो अर्को म पो छ त्यो भाँडो भित्र पनि ।त्यसले त मेरो भागकोमिठा मिठा कुराहरु मैले झैँ खाईरहेको छ । कसले दियो त्यस्लाई? त्यो भाँडो भित्रको म जस्तोत्यस्लाई हिर्काउन हात उझ्याउँछु , त्यसले पनि पो मलाई हात उझ्याउँछ । म कता कता जान्थे तर त्योभित्रको म कहिले कतै जाँदैन थियो। जति बेला हेरे पनि त्यही हुन्थ्यो। लुगा पनि मेरै, अनुहार पनि मेरै, मात्र त्यो भित्र म बाहिर।अनि हेरेर रिसाउँथे ।त्यसलाई खेदाउने जुक्ती सोच्थे अनि लौरा ल्याएरकुट्थे। ला ! यो भाँडो त फुट्यो त ! त्यसलाई कुट्दा आफु पनि कुटिए, भाँडो फुटाएको कारण ।
अहो ! कत्ति टुक्रा ।एउटा खेदाउनलाई कुटेको झन् कत्ति हो कत्ति वटा पो भएछ त्यो ऐनाको म त ।छक्क परे म । आ यस्तै रहेछ, यसलाई कुट्न नहुने रहेछ, गल्ती गरेछु । अब यसलाई माया बनाउँछु।अब यसलाई आफ्नो साथी बनाए। मेरो समय ब्यतित गर्ने साधन बनाए अनि आफुले आफैंलाई हेरेरमख्ख परें ।
मैले हेरेको छु। बिहानै उठेर पनि हेर्छु।मुख धुँदा पनि त्यसैलाई हेर्छु, अनि नुहाउँदा पनि ।हुन त मेरो हेर्ने नैके छ र त्यो बाहेक । धन्न सौचालयमा चाँही राखेको छैन । खाना खाएर पनि त्यसलाई नै हेर्छु ।कतैहिंड्ने बेला झन् फर्की फर्की , फर्काई फर्काई हेर्छु , मेरो प्यारो अनि मलाई म देखाउने मेरो सारथी ऐना।
तिमीभन्दा धेरै ठुलो छ मेरो ऐना । तिम्रोभन्दा पनि झन् ठुलो ।मेरो ऐनामा सबै अटाउँछन् , तिम्रोमाजस्तो तिम्रो अनुहार मात्र हैन । मेरो ऐनामा लाखौँ -लाख अनुहारहरु अटाउँछन् ।मेरो ऐनाले तिम्रोऐनाले जस्तो एकै बस्तुलाई थरी - थरी देखाउँदैन । तिम्रो ऐनाले त हिरालाई पनि फलाम देखाउँदो हो , जिरालाई पनि मेथि । तिमिलाई पनि रहर भए आउ, मेरो ऐनामा पसेर हेर, छेउमा बसेर हेर ।तिमिलेआफुलाई देखेकोभन्दा बेग्लै देख्नेछौ। अनि फर्की - फर्की हेर, घुमाई - घुमाई हेर, घुमी - घुमी हेर ।आफुले नदेखेका आफ्नै कुराहरु पनि हेर । मेरो ऐनामा त्यो पनि देखिनेछ अनि छक्क पर्नेछौ, आफुलेआफैंलाई नचिनेर ।
मलाई तिम्रो ऐन एकचोटी हेर्न मन लाग्यो ।त्यो ऐनालाई मेरो ऐनाले छेक्न मनलाग्यो। कतै बाग्मतीमागंगाजल पो आउने हो कि ? अँह आउँदैन, बिल्कुल आउँदैन ।बरु गंगाजल नै धमिलिन्छ ।गंगाजल पनिबागमती बन्छ होला सायद । भो राख तिम्रो त्यो चर्किएको ऐना । म मेरै आफ्नो टुक्रामा हेर्छु । तिम्रोऐनामा म आफुले आफैँलाई नचिनिन सक्छु सायद। तिम्रो सुनौलो फ्रेममा राखेको ऐनाले भन्दा मेरोथोत्रो ऐनाले बास्तविक प्रतिविम्व दिन्छ । तिम्रो ऐना न त मोटरमानै राख्न मिल्ने रहेछ, न त भित्तामा नै। कसैको कतै नभएको जस्तो तिम्रो ऐना ।आफुले मात्र कत्तिन सँधै हेरे जस्तो। आउ बोरु मेरो ऐना हेरअनि आफुले आफैंलाई चिन्नेछौ, आफु को रहेछौ भनेर ।
युवराज अर्याल

मर्म स्पर्शी निवन्ध दादा।
ReplyDeleteThank you very much
DeleteTime milayera padxu bro... starter swadilo xa ... good luck and best wishes bro...
ReplyDeleteThank you very much
Delete