कहिले हारेर खाए,कहिले आफैं बारेर खाएँ ,
आज तिम्र बाचा कसम आफैं टारेर खाएँ ।
दोस त मेरै थियो, यो तनको अनि मनको,
तिम्रो यादको बहानामा ,सबैतिर चारेर खाएँ ।
जब पराई हुन्छ सबै, आशा अनि सपनाहरु,
हिजो आफै,आज तिमिलाई दोसी पारेर खाएँ।
जहाँ इच्छा त्यहाँ,उपायको कुरो सुन्थे थरिथरी,
पिर ब्याथको बहाना फेरि अघि सारेर खाँए ।
कहिले खुशी मनाउंदै, कहिले अवसरमा,
आखिर मन आफ्नै ,आफैसँग मारेर खाँए ।
Wou damii x
ReplyDeleteबबाल..
ReplyDelete