कहिले हारेर खाए,कहिले आफैं बारेर  खाएँ ,
आज  तिम्र बाचा कसम  आफैं टारेर खाएँ ।

दोस त मेरै थियो, यो  तनको अनि मनको,
तिम्रो यादको  बहानामा ,सबैतिर चारेर खाएँ ।

जब पराई हुन्छ सबै, आशा अनि सपनाहरु,
हिजो आफै,आज तिमिलाई दोसी पारेर खाएँ।

जहाँ इच्छा त्यहाँ,उपायको कुरो सुन्थे थरिथरी,
पिर ब्याथको बहाना फेरि अघि सारेर खाँए ।

कहिले खुशी मनाउंदै, कहिले अवसरमा,
आखिर मन आफ्नै ,आफैसँग  मारेर खाँए ।

Comments

Post a Comment

Popular posts from this blog