I
भेट्न आउँछु छिट्टै तिम्लाई पर्खी बस ल,
तल्ला घरे कान्छा सँग तर्की बस ल ।
पहिलो भेटमै, मुस्कान चाहिन्छ मलाई ,
त्यही भएर यता तिरै फर्की बस ल ।
आउँदाआउँदै बाटोमा अबेर हुनसक्छ,
लामो भए पर्खाइ त्यो, नझर्की बस ल ।
सजिउन भित्ता, रंगिउन रहर- सपना,
मगमगाउने अत्तर बास्ना छर्की बस ल ।
भन्नेलाई सकिन्न रोक्नलाई कहिले ,
कुरा सुनी अरुको नभड्की बस ल ।
युवराज अर्याल

Comments
Post a Comment