बिहानी त्यो मिर्मिरेमा झ्यालबाट देख्थे उनलाई,
औँला टोकी लजाउँथिन् पर्दा तानी छेक्थे उनलाई ।
जम्का भेटमा कहिलेकाँही तर्कि हिंड्ने उसैगरी ,
नसालु ती नजरलाई झुकाउन हेर्थे उनलाई ।
स्याउ जस्तै मुहार हुन्थ्यो, त्यसपछी त झन् झन् ,
मिलनका चित्र खिची आफ्नै मनमा बेर्थे उनलाई ।
धेरै भयो आज-भोली झ्यालबाट नदेखेको ,
बिपनी मा नदेखेनी सपनीमा भेट्थे उनलाई ।
अँधेरीलाई कहाँ छेक्छन् चम्किने ती ताराहरु,
औँशीको त्यो रातमा पनि जुनसँगै केर्थे उनलाई ।
युवराज अर्याल

Comments
Post a Comment