आफन्तको बियोगले, चित्कार छ पशुपतिमा,
चखेवाझैं प्रेम जोडीको,खित्कार छ पशुपतिमा ।
कसैलाई बिरह त्यहाँ, कसैको त्यो संयोग बन्छ,
शब्द हटिया भर्नलाई गीतकार छ पशुपतीमा ।
अभिनय कलालाई आँसु आउन्न भन्छन् अन्त,
श्राद्ध नक्कल गर्नलाई कलाकार छ पशुपतिमा ।
हजारौंको प्रवेश रोकी,बिशिष्टको पहिले पालो,
त्यही पालोको अघिपछि पत्रकार छ पशुपतिमा ।
रमिताले लाममा कोही, कसैलाई विवशता छ,
शन्ततीको भोको पेटले,सुजिकार छ पशुपतिमा ।
युवराज अर्याल

Comments
Post a Comment