भाग्यमा लेखिएको कहाँ मेटिन्छ र,
हत्केलाले सूर्यलाई, कहाँ छेकिन्छ र ।
हृदयमा बस्छु , भन्छन् कोहीकोही,
आफ्नो मन त आफैं कहाँ देखिन्छ र।
उफ्रिन त उफ्रिन्छ,भ्यागुतो नि कुवाभित्र,
अफ्नो टाउको आफैले कहाँ टेकिन्छ र।
अँधेरीलाई काफी हुन्छ झिनो जुनकिरी,
चम्किने चाँदनीले चिसो कहाँ सेकिन्छ र।
कल्पनालाई सजाउने कागज पाना जस्तै,
अन्तरमनलाई कलमले कहाँ लेखिन्छ र ।
युवराज अर्याल
Comments
Post a Comment