तिमी पनि रुँदै थियौ, अनि र पो रोए ,
आँखाबाट चुहुँदै थियौ,अनि र पो रोए ।
फूलहरु नचुँडाउन कत्ति भनीरहें,
काँडा-काँडा हुँदै थियौ,अनि र पो रोए ।
मुटुभित्र बस्छु भन्थ्यौ,नबसन भन्थें,
धड्कनमा छुँदै थियौ, अनि र पो रोए ।
वर्तमानलाई इतिहासले छोप्यो क्यारे आज,
अतितलाई धुँदै थियौ, अनि र पो रोए ।
सबै युद्ध लडाईमा अघि देखौं भन्छु म त,
उकालीमा उँदै थियौ , अनि र पो रोएं ।
युवराज अर्याल
आँखाबाट चुहुँदै थियौ,अनि र पो रोए ।
फूलहरु नचुँडाउन कत्ति भनीरहें,
काँडा-काँडा हुँदै थियौ,अनि र पो रोए ।
मुटुभित्र बस्छु भन्थ्यौ,नबसन भन्थें,
धड्कनमा छुँदै थियौ, अनि र पो रोए ।
वर्तमानलाई इतिहासले छोप्यो क्यारे आज,
अतितलाई धुँदै थियौ, अनि र पो रोए ।
सबै युद्ध लडाईमा अघि देखौं भन्छु म त,
उकालीमा उँदै थियौ , अनि र पो रोएं ।
युवराज अर्याल

Comments
Post a Comment