भगवान  अघि  तिम्रा लागि  फेरि झुक्दैछु,
दुःख नहोस् कहिले तिम्लाई मन्त्र फुक्दैछु ।

दु:ख  पीडा आँसु सबै  लागुन् मलाई मात्र,
तिम्रो  पीडा  ब्यथा  आउने  बाटो ढुक्दैछु ।

निराश  देख्नु  नपरोस् है  सुखी मुहारमा ,
हँसाउन  तिमिलाई  यहाँ  आफैं  दुख्दैछु ।

पूरा  होउन्  सबै  इच्छा,  अनि  चाहाना,
मौलाउन  तिम्लाई  भनी  आफैं सुक्दैछु ।

खुलुन  सबै  प्रगतीका झ्याल ढोकाहरु ,
बन्द नहुन  ढोका  भनी  आफैं लुक्दैछु ।

                     युवराज अर्याल


Comments

Popular posts from this blog