छेउमा आउँदा पर सर्ने बानी मनपर्यो,
त्यही बानीले लजाउने सानी मनपर्यो ।

बुझ्नलाई  नसकिने परेलीका भाखाहरु,
त्यही भाखामा सजिएकी नानी मनपर्यो ।

प्रकृति नै  रमाउने  गगनका  बर्षाहरु,
त्यही बर्षामा उनी रुझ्ने पानी मनपर्यो ।

औँशीको रातलाई ज्योती दिने मुहारमा,
चौबन्दीमा  सजिएकी  रानी मनपर्यो ।

चन्द्ररुपी मुहार अनि नाकबेली केशहरु,
माया  सँगै  प्रेम  दिने खानी  मनपर्यो ।

               युवराज अर्याल

Comments

Popular posts from this blog