नसालु ती आँखा तिम्रा हेर्दा हेर्दै ढल्छु म त,
अरुलाई  नहेर है, भित्र -भित्रै जल्छु  म त ।

कति  राम्रो ओठ रैछ त्यो  लालीले सुहाउने,
उनको छेउ बस्दाबस्दै थाहै नपाई गल्छु म त ।

सपनीमा बोलाउने याद  होकी  तिमी नै हो?
बिपनीमा नबोलाए तस्वीर सँगै बल्छु म त ।

रिसाएनी  माया  देख्छु  पुष्परुपी मुहारमा ,
परेली त्यो भिजाउने  शीत  सँगै झर्छु म त ।

सँधै  साथ  बसिदेउ, अरु केही  चाहिदैन,
उनी माथी लोलाउने,घम पनि छल्छु म त ।

                   युवराज अर्याल-२०६६/०२/१२

Comments

Popular posts from this blog