नसालु ती आँखा तिम्रा हेर्दा हेर्दै ढल्छु म त,
अरुलाई नहेर है, भित्र -भित्रै जल्छु म त ।
कति राम्रो ओठ रैछ त्यो लालीले सुहाउने,
उनको छेउ बस्दाबस्दै थाहै नपाई गल्छु म त ।
सपनीमा बोलाउने याद होकी तिमी नै हो?
बिपनीमा नबोलाए तस्वीर सँगै बल्छु म त ।
रिसाएनी माया देख्छु पुष्परुपी मुहारमा ,
परेली त्यो भिजाउने शीत सँगै झर्छु म त ।
सँधै साथ बसिदेउ, अरु केही चाहिदैन,
उनी माथी लोलाउने,घम पनि छल्छु म त ।
युवराज अर्याल-२०६६/०२/१२
अरुलाई नहेर है, भित्र -भित्रै जल्छु म त ।
कति राम्रो ओठ रैछ त्यो लालीले सुहाउने,
उनको छेउ बस्दाबस्दै थाहै नपाई गल्छु म त ।
सपनीमा बोलाउने याद होकी तिमी नै हो?
बिपनीमा नबोलाए तस्वीर सँगै बल्छु म त ।
रिसाएनी माया देख्छु पुष्परुपी मुहारमा ,
परेली त्यो भिजाउने शीत सँगै झर्छु म त ।
सँधै साथ बसिदेउ, अरु केही चाहिदैन,
उनी माथी लोलाउने,घम पनि छल्छु म त ।
युवराज अर्याल-२०६६/०२/१२
Comments
Post a Comment