करोड दिन्छु भन्छौ तिमी,धनले हुन्न माया,
हजारौँमा एक हुँ भन्छ्यौ,जनले हुन्न माया ।
संसार संग मायालाई जोख्नु पर्यो किन ?
खरिद बिक्री ब्यपारमा झैँ,टनले हुन्न माया ।
उसको निम्ति बाँचेको छु भन्न छाडे हुन्छ,
एकोहोरो इच्छा अनि ,मनले हुन्न माया ।
देउराली देवीथानलाई भाकल गर्छौ किन ?
मनकामना, पशुपति भगवानले हुन्न माया ।
दुई मुटु र मनहरु आत्मा बाटै जोडिन्छ रे,
यौवनको उल्लास अनि, तनले हुन्न माया ।
युवराज अर्याल
Comments
Post a Comment