गजल
कोही बालुवाटारमा,अनि कोही गाउँमा,
गर्ने त झगडानै हो, जनताको नाउमा ।
देश रुवाई कसरी,हाँस्छ होला त्यो मन,
कहिले लाउने ओखती गरिबको घाउमा ?
कोही छैनन् सज्जन यहाँ,सबै मौकाधारी,
देश रुंदा संकटमा, गोजी भर्ने दाउमा ।
समृद्धि र सुशासन त,आयो मात्र बोलीमा,
आफू पुग्न शिखरमा, राष्ट्र सँधै पाउमा ।
राष्ट्रियता , देशभक्ति सस्तो लोकप्रियता ,
बाहिर लडे जस्तो ,मिल्छन् मुख्य ठाउँमा ।
युवराज अर्याल
कोही बालुवाटारमा,अनि कोही गाउँमा,
गर्ने त झगडानै हो, जनताको नाउमा ।
देश रुवाई कसरी,हाँस्छ होला त्यो मन,
कहिले लाउने ओखती गरिबको घाउमा ?
कोही छैनन् सज्जन यहाँ,सबै मौकाधारी,
देश रुंदा संकटमा, गोजी भर्ने दाउमा ।
समृद्धि र सुशासन त,आयो मात्र बोलीमा,
आफू पुग्न शिखरमा, राष्ट्र सँधै पाउमा ।
राष्ट्रियता , देशभक्ति सस्तो लोकप्रियता ,
बाहिर लडे जस्तो ,मिल्छन् मुख्य ठाउँमा ।
युवराज अर्याल

Comments
Post a Comment