ठहर हैन उनको, रहर अचम्मको ,
कहिलेकाही देखाउने,कहर अचम्मको ।
सातै दिन सँधै, हाटैहाटले भर्नुपर्ने,
मनभित्र गाउँ उनको,शहर अचम्मको ।
बाह्रै मास बहिरहने, खोली हो कि इच्छा ?
नदिनाला मनभित्रको, नहर अचम्मको ।
कहिलेकाही छन्द बन्ने,कहिले गद्य जस्तो,
बोली भित्र मायारसको ,बहर अचम्मको ।
शब्द संगीत, सुरबिना, सुरदास जस्तै,
आफ्नै धुनमा बहिरहने,लहर अचम्मको ।
युवराज अर्याल
हाल श्रीअन्तु, इलाम
कहिलेकाही देखाउने,कहर अचम्मको ।
सातै दिन सँधै, हाटैहाटले भर्नुपर्ने,
मनभित्र गाउँ उनको,शहर अचम्मको ।
बाह्रै मास बहिरहने, खोली हो कि इच्छा ?
नदिनाला मनभित्रको, नहर अचम्मको ।
कहिलेकाही छन्द बन्ने,कहिले गद्य जस्तो,
बोली भित्र मायारसको ,बहर अचम्मको ।
शब्द संगीत, सुरबिना, सुरदास जस्तै,
आफ्नै धुनमा बहिरहने,लहर अचम्मको ।
युवराज अर्याल
हाल श्रीअन्तु, इलाम

Comments
Post a Comment