सन्दर्भ कोरोनाको

आफ्नै छाँया संग आफैं तर्कने बेला छ,
अघि कोही आए,पछी फर्कने बेला छ ।

प्रकृतिले हामीलाई पाठ  सिकाउँदैछ,
सबैमिली सन्जिवनी,  छर्कने  बेला छ ।

गाउँ बन्द, विश्व बन्द, बन्द  सबैतिर ,
नयाँ  खबरले  मन, चर्कने  बेला छ ।

भेटघाट,उत्साहलाई थाँती राखौं अहिले,
साथीसंगी छेउ आउँदा, झर्कने बेला छ।

केही  दिन समयलाई  सचेत बनौ  सबै,
पल्ला घरमा खोक्दा वर थर्कने बेला छ ।
                             
                              युवराज अर्याल
                  

Comments

Popular posts from this blog