लिपुलेक त पराई बन्यो,सुस्ता अझै रुँदै छ रे,
देशभक्तिका  गाथाहरु,भाषणमा तुहुँदै छ  रे ।

धर्म बोल्छ,जाती बोल्छ,राष्ट्रियता बोल्दैन त्यो,
लोकतन्त्र  र  गणतन्त्र  नफक्रंदै  कुहुँदै   छ  रे  ।

पशुपतिको पिलर गायब,कलापानी जस्तात्यस्तै,
शान्ती भूमी  तराई  पहाड, अंशबण्डा हुँदै छ रे ।

राष्ट्रीयता र देशभक्ति त, बोलीमा नै सिमित छ,
सार्वभौम  राष्ट्र  हाम्रो, दक्षिण  तिर  चुँदै छ रे ।

लाली  गुराँस  रंग फेरि, सेतै  हुने भयो अब,
संघियताको बहानामा जनतालाई दुहुँदै छ रे ।

Comments

Popular posts from this blog