भुइंचालो
आउँछ गड्गडाई यो धरती घुम्दछ आँफै फनफनि,
लडाउछ सबै भात्काउँछ यसले,छोड्दैन कसैलाई पनि।
कोही भन्दछन् धरतीले उसको काँध फेर्यो रे भनी,
कोही मान्दछन् इशको लीला यस्तै यस्तै त छनी ।
न आउने मार्ग देखिन्च्छ यसको,न जाने केही छैन,
हाँसी खुशी यहाँ छौँ अहिले, भोली हुनेहो कि हैन ।
आएथियो पहिले कयौँ चोटि यहाँ, लगेथ्यो सबै हरी,
बाँच्नु पर्यो छट्पट्टिमा,जिउँदै पटक पटक मरी ,
समयमा बुद्धी पुर्याए यसले,कहा छुन सक्थ्यो र,
प्रतिरोधी बनाई बाँच्न यसले, कहाँ रोक्न सक्थ्यो र ।
सचेतना जगाउँ सबैमा यसको, प्रतिरोधी घर बनाउँ,
अनी रम्दथियो शहर बलियो, हाँस्दथ्यो खुशीले गाउँ ।
Comments
Post a Comment