न रुन सके म तिम्रो यादमा, न हाँस्न नै सके,
न सके मर्न अभावमा तिम्रो, न बाँच्न नै सके।

बानि पर्यो पिडाको सधैँ, मेरै प्यारो बन्यो,
चुँडिएको खुसि न जोड्न सके, न गाँस्न नै सके।

ठुलो थियो हृदय त सोच्थे, अँटाउँछन् यसमा सबै,
न अँटायौ यसमा तिमि, मैले न साँच्न नै सके।

बने रोगी खै के को हो कुन्नि, खोजिरहेछु ओखति,
न पत्ता लाग्यो रोग यस्तो यो, न जाँच्न नै सके।


युवराज अर्याल

Comments

Popular posts from this blog