मोबाइलमा  घण्टी  बज्दा नडराउन  प्रिये,
बाले आखीर थाहा पाउदैँनन्,नकराउन प्रिये।

मन्दिरमा बोलाएर आँफै किन न आउनु त ?
रिसको झोकमा चिट्ठीपत्र नडढाउन प्रिये।

तिम्रो हातको औँठी चिनो, मेरो नभै  कस्को हो त ?
माया प्रेमका प्रमाणहरु  नहराउन  प्रिये ।

मेरै हात शीरमा राखी कसम तिम्ले खाएनौ र ?
फक्रेको त्यो फूल अन्तै, नचराउन प्रिये ।

छाती माथि शिर राखी रात बिताको बिर्सियौ र ?
ओल्लो मुटु पल्लो घरमा नसराउन प्रिये ।




     

Comments

Popular posts from this blog