कहाँ बाट आउनु र म बाटै बारे पछी ,
         संगै साथ  बिताउने  खाटै बारे पछी ।

         खोजी हिंडे भौतारिदै सबै तिर शहरमा,
        कहाँ देख्नु संधै भेट्ने हाटै बारे पछी ।

        नयाँ बाटो थाहा छैन, कहाँ बाट जानु त्यहा,
        आउने जाने मुलबाटोमा ढाटै बारे पछी ।

        सपनिमै बिलाउँछन् कि मिलनका पलहरु,
        संयोगका  जोडीदिने  पाटै  बारे पछी ।

       कहाँ जानु अब मैले ठाउँँ कतै खाली छैन,
       मैले टेक्ने सडक अनी माटै बारे पछी ।



Comments

Popular posts from this blog