थीइन् उनी टाढा, म मुसी भन्थे,
सम्झिएर आँफै म खुशी हुन्थे ।
खोजिरहेछु अहिले उनलाई म फेरी,
हराएछ सम्बन्ध त्यो, कसैलाई नटेरी।
छिन् धेरै पर सम्पर्क हरायो,
म रोंए धेरैबेर, यो मन डरायो ।
भन्नलाई सबै कुरा, मनमा त्यो साँस्थी,
जिस्काउँथे कहिलेकाँही लजाएर हाँस्थी।
सम्झिएर उसलाई म धेरै गर्व गर्थे,
एक कुरा गर्थे म, बिचमा उ अर्कै गाँस्थी।
कहाँ सक्छु र बाँच्न, तिम्रो खुशी खोसी,
छैन यहाँँ अरु कोही, म हुँँ खास दोशी।
धोका दिएं आँफैले, म नै मुर्ख जाली ,
थियो जो सम्बन्ध, गयो आज ढली ।
लुटेर खुशी तिम्रो, रमाएं म आफु,
म कहाँँ खोजौँ उनलाई फेरी कहाँँ भेटुं।
जहाँँ सँधै भरी, रहे स्वार्थ देख्ने ,
म खोज्दैछु यहाँँ मेरो भाग्य लेख्ने।

Comments
Post a Comment