म बालौँला आगो, तिमी पकाईदेउन,
म रोए जस्तो गर्छु,तिमी फकाईदेउन।
संवाद कस्तो मौसमको थाहा पाईन मैले,
म चाखे जस्तो गर्छु,तिमी चखाईदेउन ।
नदेखे नि लज्जा कतै लुकाई राखे जस्तो
म जिस्काए जस्तो गर्छु,तिमी धकाईदेउन ।
रित्ता छैनन् ती आँखामा सजिएका रहरहरु,
म भरे जस्तो गर्छु, तिमी सक्काईदेउन ।
कहिले कता कहिले कता,यस्तै छ जिन्दगी,
म लुके जस्तो गर्छु,तिमी छक्काईदेउन ।
युवराज अर्याल
ईलाम
हाल भक्तपुर
Comments
Post a Comment