Posts

Showing posts from June, 2020
Image
तिमी पनि  रुँदै थियौ, अनि र पो रोए , आँखाबाट चुहुँदै थियौ,अनि र पो रोए । फूलहरु  नचुँडाउन  कत्ति  भनीरहें, काँडा-काँडा हुँदै थियौ,अनि र पो रोए । मुटुभित्र  बस्छु  भन्थ्यौ,नबसन भन्थें, धड्कनमा छुँदै थियौ, अनि र पो रोए । वर्तमानलाई इतिहासले छोप्यो क्यारे आज, अतितलाई  धुँदै  थियौ, अनि  र  पो रोए । सबै युद्ध लडाईमा अघि देखौं भन्छु म त, उकालीमा उँदै  थियौ , अनि  र  पो रोएं ।              युवराज अर्याल  
Image
भगवान  अघि  तिम्रा लागि  फेरि झुक्दैछु, दुःख नहोस् कहिले तिम्लाई मन्त्र फुक्दैछु । दु:ख  पीडा आँसु सबै  लागुन् मलाई मात्र, तिम्रो  पीडा  ब्यथा  आउने  बाटो ढुक्दैछु । निराश  देख्नु  नपरोस् है  सुखी मुहारमा , हँसाउन  तिमिलाई  यहाँ  आफैं  दुख्दैछु । पूरा  होउन्  सबै  इच्छा,  अनि  चाहाना, मौलाउन  तिम्लाई  भनी  आफैं सुक्दैछु । खुलुन  सबै  प्रगतीका झ्याल ढोकाहरु , बन्द नहुन  ढोका  भनी  आफैं लुक्दैछु ।                      युवराज अर्याल
यता तान्यो अर्को पट्टि, छुट्छ जिन्दगी, सम्हालिन खोज्छ फेरि ,टुट्छ जिन्दगी । रुवाउँछ आफैं अनि  आफैं फकाउँछ, माया गर्छु भन्दै आफै कुट्छ जिन्दगी । च्यातिएर जान्छन् ,भाग्यका ती पानाहरु, टाल्न खोज्यो अर्कोतिर फुट्छ जिन्दगी । भत्किएका मनहरु,त्यही मनले हो टाल्ने, भत्काउन  आफै अघि, जुट्छ जिन्दगी । अनेक ती भार बोकी, हिड्दै अफ्ठेरोमा , सपनाको चाङ देखाई, लुट्छ जिन्दगी ।                    युवराज अर्याल