तिमी पनि रुँदै थियौ, अनि र पो रोए , आँखाबाट चुहुँदै थियौ,अनि र पो रोए । फूलहरु नचुँडाउन कत्ति भनीरहें, काँडा-काँडा हुँदै थियौ,अनि र पो रोए । मुटुभित्र बस्छु भन्थ्यौ,नबसन भन्थें, धड्कनमा छुँदै थियौ, अनि र पो रोए । वर्तमानलाई इतिहासले छोप्यो क्यारे आज, अतितलाई धुँदै थियौ, अनि र पो रोए । सबै युद्ध लडाईमा अघि देखौं भन्छु म त, उकालीमा उँदै थियौ , अनि र पो रोएं । युवराज अर्याल