Posts

Showing posts from November, 2018
मोबाइलमा  घण्टी  बज्दा नडराउन  प्रिये, बाले आखीर थाहा पाउदैँनन्,नकराउन प्रिये। मन्दिरमा बोलाएर आँफै किन न आउनु त ? रिसको झोकमा चिट्ठीपत्र नडढाउन प्रिये। तिम्रो हातको औँठी चिनो, मेरो नभै  कस्को हो त ? माया प्रेमका प्रमाणहरु  नहराउन  प्रिये । मेरै हात शीरमा राखी कसम तिम्ले खाएनौ र ? फक्रेको त्यो फूल अन्तै, नचराउन प्रिये । छाती माथि शिर राखी रात बिताको बिर्सियौ र ? ओल्लो मुटु पल्लो घरमा नसराउन प्रिये ।      
Image
                         कहाँ बाट आउनु र म बाटै बारे पछी ,          संगै साथ  बिताउने  खाटै बारे पछी ।          खोजी हिंडे भौतारिदै सबै तिर शहरमा,         कहाँ देख्नु संधै भेट्ने हाटै बारे पछी ।         नयाँ बाटो थाहा छैन, कहाँ बाट जानु त्यहा,         आउने जाने मुलबाटोमा ढाटै बारे पछी ।         सपनिमै बिलाउँछन् कि मिलनका पलहरु,         संयोगका  जोडीदिने  पाटै  बारे पछी ।        कहाँ जानु अब मैले ठाउँँ कतै खाली छैन,        मैले टेक्ने सडक अनी माटै बारे पछी ।
Image
मेरो बर्मा कि  बैनी सँग सम्पर्क हराएको बेला उसको यादमा लेखेको कबिता।                थीइन् उनी टाढा, म मुसी भन्थे,              सम्झिएर आँफै म खुशी हुन्थे ।              खोजिरहेछु अहिले उनलाई म फेरी,              हराएछ सम्बन्ध त्यो, कसैलाई नटेरी।               छिन् धेरै पर  सम्पर्क हरायो,              म रोंए धेरैबेर, यो मन डरायो ।             भन्नलाई सबै कुरा, मनमा त्यो साँस्थी,             जिस्काउँथे कहिलेकाँही लजाएर हाँस्थी।         ...