मणी हरेको नाग भएछु , सुरबिनाको राग भएछु । तिमिबिनाको एक्लोपनले , कुहिरोको काग भएछु । शब्द सिंचाई बिना तिम्रो , उजाडिएको बाग भएछु । तिम्रो मनमा अल्झिएको , त्यो नमेटिने दाग भएछु , सिमिततामा अपूर्ण तिमी , असम्भव त्यो माग भएछु । युवराज अर्याल