Posts

Showing posts from May, 2021
Image
I भेट्न आउँछु  छिट्टै तिम्लाई पर्खी बस ल, तल्ला  घरे  कान्छा   सँग  तर्की बस  ल । पहिलो भेटमै, मुस्कान चाहिन्छ  मलाई , त्यही  भएर  यता  तिरै  फर्की   बस ल । आउँदाआउँदै बाटोमा अबेर हुनसक्छ, लामो भए पर्खाइ त्यो, नझर्की  बस ल । सजिउन  भित्ता, रंगिउन  रहर- सपना, मगमगाउने अत्तर बास्ना छर्की बस ल । भन्नेलाई  सकिन्न  रोक्नलाई  कहिले , कुरा  सुनी अरुको  नभड्की  बस ल ।                               युवराज अर्याल
Image
तिम्री दिदी भए तिम्लाई साली भन्न पाइन्थ्यो,  कहिलेकहीँ  जिस्काएर काली भन्न पाइन्थ्यो । मेरो  मनको  फुलबारीमा  फुल  फुलाईदिने , आफ्नै मन  बगैंचाकी  माली भन्न पाइन्थ्यो । बाहिर  गाली  बर्षे  पनि  मनले  माया  गर्ने,  त्यही मायालाई कहिले, गाली भन्न पाइन्थ्यो । सप्तरंगी   फुलहरु  फुलिदिन्छन्   रहरको , आफू बोट,तिम्लाई मेरी डाली भन्न पाइन्थ्यो । टाढा  हुँदा  सँधै, बेरीरहन्छ्यौ  कल्पनामा, मनभित्रको नचुडिने जाली  भन्न  पाइन्थ्यो ।