आफन्तको बियोगले, चित्कार छ पशुपतिमा, चखेवाझैं प्रेम जोडीको,खित्कार छ पशुपतिमा । कसैलाई बिरह त्यहाँ, कसैको त्यो संयोग बन्छ, शब्द हटिया भर्नलाई गीतकार छ पशुपतीमा । अभिनय कलालाई आँसु आउन्न भन्छन् अन्त, श्राद्ध नक्कल गर्नलाई कलाकार छ पशुपतिमा । हजारौंको प्रवेश रोकी,बिशिष्टको पहिले पालो, त्यही पालोको अघिपछि पत्रकार छ पशुपतिमा । रमिताले लाममा कोही, कसैलाई विवशता छ, शन्ततीको भोको पेटले,सुजिकार छ पशुपतिमा । युवराज अर्याल