Posts

Showing posts from April, 2020
Image
गजल कोही बालुवाटारमा,अनि कोही गाउँमा, गर्ने त झगडानै हो, जनताको  नाउमा । देश  रुवाई  कसरी,हाँस्छ होला त्यो मन, कहिले लाउने ओखती गरिबको घाउमा ? कोही छैनन् सज्जन यहाँ,सबै मौकाधारी, देश  रुंदा संकटमा, गोजी  भर्ने  दाउमा । समृद्धि र सुशासन त,आयो मात्र बोलीमा, आफू  पुग्न शिखरमा, राष्ट्र  सँधै  पाउमा । राष्ट्रियता , देशभक्ति  सस्तो  लोकप्रियता , बाहिर लडे जस्तो ,मिल्छन् मुख्य ठाउँमा ।                 युवराज अर्याल
Image
         ठहर  हैन  उनको, रहर  अचम्मको ,          कहिलेकाही देखाउने,कहर अचम्मको ।          सातै  दिन  सँधै,  हाटैहाटले भर्नुपर्ने,          मनभित्र गाउँ उनको,शहर अचम्मको ।          बाह्रै मास बहिरहने, खोली हो कि इच्छा ?          नदिनाला  मनभित्रको, नहर  अचम्मको ।          कहिलेकाही छन्द बन्ने,कहिले गद्य जस्तो,          बोली भित्र मायारसको ,बहर अचम्मको ।         शब्द  संगीत, सुरबिना, सुरदास  जस्तै,         आफ्नै धुनमा बहिरहने,लहर अचम्मको ।                                        युवराज अर्याल                             ...