Posts

Showing posts from December, 2018

भुइंचालो

आउँछ गड्गडाई यो धरती  घुम्दछ आँफै फनफनि, लडाउछ सबै भात्काउँछ यसले,छोड्दैन कसैलाई पनि।  कोही भन्दछन् धरतीले उसको  काँध फेर्यो रे भनी, कोही मान्दछन् इशको लीला यस्तै यस्तै त छनी ।  न आउने मार्ग देखिन्च्छ यसको,न जाने केही  छैन, हाँसी खुशी यहाँ छौँ अहिले, भोली हुनेहो कि हैन ।  आएथियो पहिले कयौँ चोटि यहाँ, लगेथ्यो सबै हरी,  बाँच्नु पर्‍यो छट्पट्टिमा,जिउँदै पटक पटक मरी , समयमा बुद्धी पुर्याए यसले,कहा छुन सक्थ्यो र, प्रतिरोधी बनाई बाँच्न यसले, कहाँ रोक्न सक्थ्यो र ।  सचेतना जगाउँ सबैमा यसको, प्रतिरोधी घर बनाउँ, अनी रम्दथियो शहर बलियो, हाँस्दथ्यो खुशीले गाउँ ।                   
न रुन सके म तिम्रो यादमा, न हाँस्न नै सके, न सके मर्न अभावमा तिम्रो, न बाँच्न नै सके। बानि पर्यो पिडाको सधैँ, मेरै प्यारो बन्यो, चुँडिएको खुसि न जोड्न सके, न गाँस्न नै सके। ठुलो थियो हृदय त सोच्थे, अँटाउँछन् यसमा सबै, न अँटायौ यसमा तिमि, मैले न साँच्न नै सके। बने रोगी खै के को हो कुन्नि, खोजिरहेछु ओखति, न पत्ता लाग्यो रोग यस्तो यो, न जाँच्न नै सके। युवराज अर्याल