कहिले हारेर खाए,कहिले आफैं बारेर खाएँ , आज तिम्र बाचा कसम आफैं टारेर खाएँ । दोस त मेरै थियो, यो तनको अनि मनको, तिम्रो यादको बहानामा ,सबैतिर चारेर खाएँ । जब पराई हुन्छ सबै, आशा अनि सपनाहरु, हिजो आफै,आज तिमिलाई दोसी पारेर खाएँ। जहाँ इच्छा त्यहाँ,उपायको कुरो सुन्थे थरिथरी, पिर ब्याथको बहाना फेरि अघि सारेर खाँए । कहिले खुशी मनाउंदै, कहिले अवसरमा, आखिर मन आफ्नै ,आफैसँग मारेर खाँए ।
Posts
Showing posts from October, 2018
- Get link
- X
- Other Apps
म बालौँला आगो, तिमी पकाईदेउन, म रोए जस्तो गर्छु,तिमी फकाईदेउन। संवाद कस्तो मौसमको थाहा पाईन मैले, म चाखे जस्तो गर्छु,तिमी चखाईदेउन । नदेखे नि लज्जा कतै लुकाई राखे जस्तो म जिस्काए जस्तो गर्छु,तिमी धकाईदेउन । रित्ता छैनन् ती आँखामा सजिएका रहरहरु, म भरे जस्तो गर्छु, तिमी सक्काईदेउन । कहिले कता कहिले कता,यस्तै छ जिन्दगी, म लुके जस्तो गर्छु,तिमी छक्काईदेउन । युवराज अर्याल ईलाम हाल भक्तपुर