गजल
कल्पनालाई अँगालेछु सम्झनाले तानी देउन, सपना संगै निदाएछु,अञ्जुलीले पानी देउन । चन्द्रमा र चाँदनीलाई टोलाउँदा रातै भरी, जुन संगै हराएछु, जुनेलीले मानी देउन । आशा अनि सफलताको चुली चुम्न नपाउँदा, प्रकृतिको अँगालोमा बेदनाले बानी देउन । भावनाको गहिराईलाई सामनाले छोपिदिंदा, तारा हेरी टोलाएको, साहराले जानी देउन । सम्झनालाई बिर्साईदिने सृजनाका हातहरु, कविता की सृष्टि मेरो रचनाले छानी देउन । युवराज अर्याल आत्रेय