उनको अनि मेरो देशै अर्को थियो , उनले बोल्ने भाषा , भेषै अर्कै थियो । पिर अनि व्यथाहरु उस्ताउस्तै थिए , घाउ एकै भएनी ठेसै अर्को थियो । शब्द उस्तै लाग्ने लवाज थियो भिन्न , मन मिलेनी जिन्दगीको मेसै अर्को थियो । जंघे पिलर हृदयले कहाँ छुट्याउँछ र ? सिमारेखा भूगोलको त्यसै अर्को थियो । दूरी नजिक टाढाको गिन्ती किन हुन्छ , मन गणित सरल , बेसै अर्को थियो । युवराज अर्याल