एकान्तमा तिम्रो नाम जप्ने बनायौ, गेरु बस्त्र धारण गरि तप्ने बनायौ । चैत मास खडेडी,आँधीहुरी पनि, थाहै नपाई एकाएक खप्ने बनायौ । भूलिदीन खोज्छु आफूलाई आफैं , आफ्नै मन सम्झनीले कप्ने बनायौ । मनको कैदभित्र,आफैं कैदी बनी, स्मृतिका कष्टक पुष्प थप्ने बनायौ । हराएछु कताकता अन्तर्मन भरी, आफैंलाई छाडी अन्तै टप्ने बनायौ । युवराज अर्याल