Posts

Showing posts from January, 2022
Image
कविता एकल   यात्री   पर्खाई   तिम्रो   हुन्छ , अनि   अन्त्यमा   एक्लो   हुन्छु   म , तिम्रा   गोरेटोहरुमा   चौबाटाहरु   धेरै   रहेछन्     त्यो   गल्ली   मेरो   हैन   अब , म   अटाउन्न   त्यहाँ  , त्यो   अर्कैको   बासस्थान   हो , भो   म   अटाउँदिन   त्यहाँ   । यो   एक   बाटोनै   घुमिरहेछ   मलाई ,  तिम्रा   सडकहरु   के   सक्थे   र   म   हिड्न   । फराकिलो   भएर   के   गर्नु   र ?  खुट्टा   नअटाउने   खुड्किलाहरु   । खुट्टा   समाउछौ   अनि   हिँड्   भन्छौ , म   कोशिस   गरिरहेछु   असम्भव   हिँडाइहरु   । उभिन्छु   अनि   लड्छु , मलाई   धुलोको   चुम्बन   प्यरो   लाग्छ   आजकल   । रित्ता   हुन्छन्   तिम्रा   बाहुहरु   तर   मलाई   उठाउनन्   । गन्त...
Image
शीर्षक -म त्यही हुँ  म त्यही हुँ,जो तिमी सम्झन्छौ, पानी सम्झ मलाई,म तरल हुँ । हिउँ सम्झ मलाई,म बरफ हुँ, उष्ण मरभूमीको बिषालु सिउँडी हुँ म, म त्यही हुँ,जो तिमी सम्झन्छौ । आँखाबाट बग्ने आँसु सम्झ,म आँसु हुँ, ओठका परेलीबाट निस्किने मुस्कान सम्झ, मलाई मुस्कान सम्झ,म मुस्कान हुँ हिउँदको सुख्खा खहरे बुझ,या बर्षाको भेल,   म त्यही हुँ,जे तिमी बुझ्छौ । चाहे समुन्द्रको छाल सम्झ मलाई, या त शान्त सुसेली, या अनन्त नभेटिने क्षितिज, मलाई पलास सम्झ वा गुनकेशरी, म त्यही हुँ,जो तिमी सोच्दछौ । अतीबृष्टीको भेल सम्झ मलाई,म भेल हुँ, मृत्यु निकट बोटको प्राण सम्झ,म प्राण हुँ, च्वास्स बिझ्ने कष्टक बुझ वा  शुकोमल फूल,म त्यही हुँ  जे तिमी बुझ्छौ,जो तिमी सोच्छौ। सम्हालेर राख मनमन्दिरमा,म देवता हुँ, निचोडेर फाल,म पतिङ्गर हुँ,  मलाई जे सम्झ म त्यही हुँ, मलाई जे मान म त्यही हुँ । बिषालु काँचको टुक्रा सम्झ,म त्यही हुन्छु, आफूलाई फर्केर हेर,म तिम्रै प्रतिबिम्व हुँ, मलाई सिसाको बिझ्ने टुक्रा सम्झ या ऎना , आखिर म तिम्रै प्रतिविम्ब हुन्छ, मलाई जे सम्झन्छौ सम्झ,म तिम्रै सम्झना हुन्छ । मलाई जे सम्झन...