बिहानी त्यो मिर्मिरेमा झ्यालबाट देख्थे उनलाई, औँला टोकी लजाउँथिन् पर्दा तानी छेक्थे उनलाई । जम्का भेटमा कहिलेकाँही तर्कि हिंड्ने उसैगरी , नसालु ती नजरलाई झुकाउन हेर्थे उनलाई । स्याउ जस्तै मुहार हुन्थ्यो, त्यसपछी त झन् झन् , मिलनका चित्र खिची आफ्नै मनमा बेर्थे उनलाई । धेरै भयो आज-भोली झ्यालबाट नदेखेको , बिपनी मा नदेखेनी सपनीमा भेट्थे उनलाई । अँधेरीलाई कहाँ छेक्छन् चम्किने ती ताराहरु, औँशीको त्यो रातमा पनि जुनसँगै केर्थे उनलाई । युवराज अर्याल