Posts

Showing posts from March, 2020
  सन्दर्भ कोरोनाको आफ्नै छाँया संग आफैं तर्कने बेला छ, अघि कोही आए,पछी फर्कने बेला छ । प्रकृतिले हामीलाई पाठ  सिकाउँदैछ, सबैमिली सन्जिवनी,  छर्कने  बेला छ । गाउँ बन्द, विश्व बन्द, बन्द  सबैतिर , नयाँ  खबरले  मन, चर्कने  बेला छ । भेटघाट,उत्साहलाई थाँती राखौं अहिले, साथीसंगी छेउ आउँदा, झर्कने बेला छ। केही  दिन समयलाई  सचेत बनौ  सबै, पल्ला घरमा खोक्दा वर थर्कने बेला छ ।                                                             युवराज अर्याल