लिपुलेक त पराई बन्यो,सुस्ता अझै रुँदै छ रे, देशभक्तिका गाथाहरु,भाषणमा तुहुँदै छ रे । धर्म बोल्छ,जाती बोल्छ,राष्ट्रियता बोल्दैन त्यो, लोकतन्त्र र गणतन्त्र नफक्रंदै कुहुँदै छ रे । पशुपतिको पिलर गायब,कलापानी जस्तात्यस्तै, शान्ती भूमी तराई पहाड, अंशबण्डा हुँदै छ रे । राष्ट्रीयता र देशभक्ति त, बोलीमा नै सिमित छ, सार्वभौम राष्ट्र हाम्रो, दक्षिण तिर चुँदै छ रे । लाली गुराँस रंग फेरि, सेतै हुने भयो अब, संघियताको बहानामा जनतालाई दुहुँदै छ रे ।
Posts
Showing posts from December, 2019