ऐना
ऐना म पनि त्यस्तै । चुप लागेर बसेको भए हुन्थ्यो। एकछिन यो मुखलाई सम्हालेको भए पक्कै यस्तो हुने थिएन होला। नचिनेको मान्छेलाई के छ भनिहाल्नु नहुने हो । त्यही पनि नारीलाई । आज साह्रै नमजाले चिप्लिए नि । हुन त यो आँखाले राम्रो कुरा मात्र हेर्न र देख्न पाए हुन्थ्यो जस्तो गर्छ , आफुलाई रोक्छु , तर यो आँखा रोकिन्न । यदि यसको ब्रेक भएको भए यसो थिचिदिने थिए । यो मुख पनि कति चेपारे , जिब्रोले हो यसलाई पुल्पुल्याएको । यो पनि कहाँ ...