हाम्रो देशमा हावादारी बोलि पनि बिक्छ अचेल , मगन्तेको जडाउली झोली पनि बिक्छ अचेल। जहाँबाट करोडौंको उर्जा, बग्दै दक्षिण जान्छ, उपयोग गर्ने को छ? खोली पनि बिक्छ अचेल। बाहिर शान्तिप्रेमी, बुद्ध बन्छन् उजेली मा, तिनैबाट राती राती, गोलि पनि बिक्छ अचेल। खरिद बिक्री ब्यापारको नयाँ स्वरुप भेटिएछ, पर्सिलाई बैना राखी, भोलि पनि बिक्छ अचेल। पहिरन मात्र हैन आफ्नो, संस्कृती नै खोज्नु पर्छ, म्यारी अनि क्रिस्मस संग होलि पनि बिक्छ अचेल।
Posts
Showing posts from January, 2019